Connect with us
Kapilvast Forest

चुनावको मिति घोषणामा ढिलाइ हुँदा आयोगलाई चुनौती थपिंदै

२०७८, २३ माघ आईतवारमा प्रकाशित

election.jpg

  काठमाडौं– सरकारले चुनावको मिति घोषणामा ढिलाइ गर्दा निर्वाचन आयोगलाई मतदाता नामावली अद्यावधिक लगायतका काममा चाप बढ्ने भएको छ । मिति घोषणा हुनुभन्दा पहिलेसम्म नामावली संकलन गर्नुपर्ने कानुनी व्यवस्था रहेको र त्यसपछि मात्रै नाम अद्यावधिक गर्नुपर्ने भएकाले त्यो काम सुरु गर्न नपाएको आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावली संकलन, मतदानस्थलहरुको निर्धारण, सम्बन्धित निकायसँगको समन्वयको काम नियमित भइरहे पनि मिति घोषणा नहुँदा अरु चुनावी प्रक्रिया अघि बढाउन नपाएको बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले मिति घोषणामा ढिलाइ हुँदा आयोगलाई समयमै चुनावी प्रक्रिया अघि बढाउन चुनौती थपिएको बताउनुभयो । अघिल्लो वर्ष पुसदेखि मतदाता नामावली अद्यावधिक भएको छैन । यसबीचमा झण्डै १५ लाख नयाँ मतदाता थपिएकाले त्यसको अद्यावधिक गर्न समय लाग्ने उहाँले बताउनुभयो । यस्तै पालिकासँग समन्वयदेखि चुनावका अरु प्रक्रिया सुरु गर्न पनि पहिले मिति घोषणा हुनुपर्ने उहाँको भनाइ छ ।

गएको मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । प्रधानमन्त्री देउवाले छिटै निर्णय गर्ने बताउनु भए पनि अहिलेसम्म मिति घोषणा भैसकेको छैन । यसबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्ने अपेक्षा छ ।

हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गर्छ । तर अघिल्लो बिहीबार मन्त्रिपरिषद् बैठक बसेन । भोलि बस्ने मन्त्रिपरिषद बैठकले मिति घोषणा गर्न सक्ने आयोगले विश्वास गरेको छ । सामान्यतया चुनावको मिति घोषणा भएपछि आवश्यक तयारीको लागि १ सय २० दिन चाहिने आयोगले भन्दै आएको छ । तर जेठ ४ गते आउन अब एकसय दिन मात्रै बाँकी छ । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचिन पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu