मन्त्रालय विभाजनको विरोधमा एमाले निकट युवा र विद्यार्थीको प्रदर्शन
विराटनगर – प्रदेश १ को मन्त्रालय विभाजनको विरोधमा नेकपा (एमाले) निकट अनेरास्ववियू र युवा संघका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। उनीहरूले आइतबार बिहान विराटनगरस्थित प्रदेश प्रमुख कार्यालय नजिकै प्रदर्शन गरेका हुन्।
पाँच दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालय विभाजन गरी आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मन्त्रीहरूको सपथका तयारी भइसकेको छ।
प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?
आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्ने बताइएको छ।
माओवादी केन्द्रबाट रामकुमार राई र झलकसिंह दर्लामीको नाम मन्त्री बन्नेमा छ। एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु र उपेन्द्र घिमिरेको नाम छ।यस्तै‚ कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी र शेखरचन्द्र थापा नाम रहेको स्रोतले बताएको छ।