Connect with us
Kapilvast Forest

साढे सात केजी बढी चरेससहित दुई पक्राउ

२०७८, २४ माघ सोमबारमा प्रकाशित

दाङ-दाङ प्रहरीले साढे सात किलो बढी चरेशसहित दुई व्यक्ति पक्राउ गरेको छ।पक्राउ पर्नेमा रूकुम पूर्वको भूमे गाउँपालिका वडा नं। ९ चुनबाङ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं। १४ नयाँ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहादुर कामी र भूमे(९ घोराही १८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन छन्।

जिल्ला प्रहरी कार्यालय दाङले सोमबार उनीहरूलाई बरामद भएको चरेशसहित पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विकले प्रतिबन्धित लागुऔषध चरेशको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले विकको कोठाबाट ७ किलो ७ सय ७९ ग्राम चरेश बरामद भएको जानकारी दिनु भयो ।

नियन्त्रणमा लिइएका विकलाई प्रारम्भिक सोधपुछ र फोन कल विश्लेषणका आधारमा लागुऔषध चरेशको कारोबारमा पुनको समेत संलग्नता खुलेपछि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी काफ्लेले बताउनु भयो ।

विक र पुनलाई सोमबार राति साढे ९ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगुऔषध नियन्त्रण ऐन अन्तरगत दुई किलो ग्रामदेखि दश किलो ग्रामसम्मको परिमाणमा लागुऔषध फेला परे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu