Connect with us
Kapilvast Forest

रुकुममा घाइते अवस्थामा भेटिएकाे गिद्धको उद्धारपछि उपचार सुरु

२०७८, २४ माघ सोमबारमा प्रकाशित

रुकुम पश्चिम – डिभिजन वन कार्यालय रुकुम पश्चिमले घाइते अवस्थामा भेटिएको लोपोन्मुख गिद्धको उद्धार गरेर उपचार गरिरहेको छ ।

 

जिल्लाको त्रिवेणी गाउँपालिका १ मा घाइते अवस्थामा भेटिएकाे खैरो गिद्धलाई गएकाे शुक्रवार उद्धार गरेर उपचार भइरहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । निमित्त प्रमुख कुमाईका अनुसार गिद्धले विषादी हालेको सिनो खाएको आशङ्का गरिएको छ । गिद्ध झोक्रिएको अवस्थामा फेला परेको थियो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपचार गराएर घाइते गिद्धलाई वन कार्यालयको वन्यजन्तु उद्धार केन्द्रमा राखिने स्वस्थ भएपछि वाससस्थानमै छोडिने बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu