Connect with us
Kapilvast Forest

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

काठमाडौं- स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना हुनु भएको छ ।सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा।डा। सुरज बज्रचार्यले जानकारी दिनु भयो ।

 

प्रा।डा। बज्रचार्यका अनुसार १०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ । निमोनिया नियन्त्रणका लागि जोशीलाई एन्टिवायोटिक चलाइएको उहाँले बताउनु भयो ।

कोरोना भएरनभएको जाँचका लागि स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu