Connect with us
Kapilvast Forest

कस्तो थियो २०७४ सालको चुनावी परिणाम ?

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

 

काठमाडौँ – २०७२ सालमा जारी भएको नेपालको संविधानअनुसारको स्थानीय तहको दोस्रो निर्वाचन २०७९ साल वैशाख ३० हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तह रिक्त नहुने गरी एकै चरणमा चुनाव गर्ने मिति घोेषणा गरेको छ।

जेठ ६ गतेदेखि पाँच वर्षे कार्यकाल पुरा गरेर रिक्त हुने स्थानीय तहमा त्यहीँ दिनदेखि नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने गरी सरकारले चुनावको मिति तय गरेको छ। सरकारले चुनावको मिति दिएसँगै सोमबारदेखि नै निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ।

आयोगले स्थानीय तहमा निर्वाचन अधिकृृतको कार्यालय स्थापना गर्न तीनै तहका सरकारलाई अनुरोध गरेको छ। वैशाख ३० गते ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा एकैपटक ३५ हजारभन्दा बढी प्रतिनिधिका लागि चुनाव हुनेछ।

२०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ गरी चीन चरणमा चुनाव भएको थियो। त्यसबेला एमाले सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो भने कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्दा पनि अपेक्षाकृत नतिजा ल्याउन सकेका थिएनन्।

सोमबारसम्मको घटानाक्रम अनुसार सत्ता गठबन्धन कायमै रहनेमा पुनः एमाले एक्लै र अरु दलबीच प्रतिस्पर्धा हुने देखिएको छ। तर यसपटक एमाले आफैँ विभाजित भएर एकीकृत समाजवादी गठन भएको अवस्थामा कस्तो परिणाम आउला भन्ने चासो व्यक्त हुन थालेको छ।

२०७४ सालको चुनावी परिणाम

पाँच वर्षअघि ३५ हजार २ सय १८ जना जनप्रतिनि निर्वाचित भएका थिए। केही वडाहरुमा दलित समूदायको उपस्थिति नहुँदा दलित महिला सदस्य रिक्त नै रहेका छन्। उक्त चुनावमा एमालेले एक्लैले झण्डै ४४ प्रतिशत स्थानीय तहमा जनप्रतिनिधि जितेको थियो।

निर्वाचन आयोगका अनुसार एमालेबाट १४ हजार ९७ जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमा स्थानीय तहको प्रमुख वा अध्यक्ष २९४, उपप्रमुख वा उपाध्यक्ष ३३१, वडा अध्यक्ष २५६० र वडा सदस्य १० हजार ९ सय १२ जना एमालेबाट निर्वाचित भएका थिए।

त्यस्तै माओवादी केन्द्रसँग स्थानीय तहमा गठबन्धन गरेको कांग्रेसबाट ११ हजार ४ सय ५४ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। कांग्रेसले २६६ प्रमुख, २२३ उपप्रमुख वा उपाध्यक्ष, २२८६ वडा अध्यक्ष र ८ हजार ६ सय ७९ वडा सदस्य जितेको थियो। कांग्रेसले स्थानीय तहको ३२.५ प्रतिशत जनप्रतिनिध आफ्नो पक्षमा पार्न सफल भएको थियो।

२०७४ सालमा कांग्रेससँग मिलेर चुनाव लडेको माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा स्थापित भएको थियो। माओवादी १०६ स्थानीय तहको प्रमुख, १११ उपप्रमुख वा उपाध्यक्ष, ११०२ वडा अध्यक्ष र ४१२३ जना वडा सदस्य जितेको थियो जुन १५.४ प्रतिशत मात्रै हो। यो चुनावमा कांग्रेस माओवादीले सहकार्य गरे पनि सोचेअनुसार परिणाम हासिल गर्न सकेका थिएनन्।

त्यसबेला चौथो ठूलो दलका रुपमा तत्कालीन संघीय समाजवादी हालको जसपाले १४३९ जना जनप्रतिनिधि जितेको थियो। उक्त पार्टीबाट ३४ स्थानीय तह प्रमुख, ३२ जना उपप्रमुख, २६२ वडा अध्यक्ष र ११११ जना वडा सदस्य निर्वाचित भएका थिए।

त्यस्तै पाँचै ठूलो दलका रुपमा तत्कालीन राजपा हालको लोकतान्त्रिक समाजवादी उदाएको थियो। राजपाले २५ स्थानीय तहको प्रमुख, ३० उपप्रमुख १९५ वडा अध्यक्ष र ८६२ वडा सदस्य जितेको थियोे।

तत्कालीन फोरम लोकतान्त्रिकले ९ स्थानीय तह, ८ उपाध्यक्ष, ८८ वडा अध्यक्ष र ३५६ वडा सदस्य जितेको थियो। विजयकुमार गच्छदार नेतृत्वको उक्त दल कांग्रेसमा एकीकरण भएको छ।

२०७४ सालको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वारले ६ तहको प्रमुख जिते भने ५ वटामा उपप्रमुख भए। त्यस्तै ९१ जनाले स्वतन्त्र ढंगले वडा अध्यक्ष जितेका थिए भने १३१ वडा सदस्य स्वतन्त्र रुपपमा विजयी भए।

त्यस्तै राप्रपाले पाँच, जनमोर्चाले ३, नयाँ शक्तिले २, नेपाली जनता दलले २ र नेमकिपाले १ स्थानीय तह जितेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu