Connect with us
Kapilvast Forest

पूर्वकोषाध्यक्ष पौडेलले पनि छाडे राप्रपा

२०७८, २६ माघ बुधबारमा प्रकाशित

 

 

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । उनले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गर्नु भएको छ ।

उहाँले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गर्नु भएको छ । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’ पौडेलले लेख्नु भएको छ ।

 

राप्रपामा कमल थापा निकट भनेर चिनिएका पौडेल पूर्व कोषाध्यक्ष पनि हो । तर गत मंसिरमा भएको महाधिवेशनमा उहाँले कुनै पनि पदमा उम्मेदवारी दिनु भएको थियो ।

निवर्तमान अध्यक्ष थापाले पार्टी छाडेको भोलिपल्ट पौडेलले पनि छाडनु भएको हो । तर उहाँले आफूले कमल थापालाई साथ दिने गरी पार्टी नछाडेको बताउनु भयो । ‘मैले कुनै दृष्टिकोण बनाएको छैन, उहाँ (कमल थापा)सँग भेट पनि भएको छैन’ उहाँले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu