एमसीसीको विरोधमा कपिलवस्तुमा ५ दलले गरे प्रदर्शन
कपिलवस्तु -कपिलवस्तु जिल्लाको चन्द्रौटामा आज राष्ट्रघाती एम सी सी सम्झौता विरुद्ध जिल्लाका क्रियाशील पाँच दल ले विरोध प्रदर्शन गरेका छन, विरोध प्रदसन सहित चन्द्रौटा बजार बाट एम सी सी सम्झौता खारेजी को नारा लगाउँदै जुलुसले बजार परिक्रमा गरेका थिए ।
नेत्रविक्रम चन्द (विप्लव) नेकपासहितका पाच दलहरुले कपिलवस्तुको शिवराज ५ चन्दौटामा अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै विरोध प्रदर्शन गरेका हुन ।पार्टी संगठनको पूर्वनिर्धारित कार्यक्रम अनुसार शिवराजमा पनि आज दिउँसो दुई बजे चन्दौटा चोकमा प्रदर्शन गरेका हुन ।राष्ट्रिय जनमोर्चा ,अखिल नेपाल ट्रेड युनियन , ने क पा क्रान्ति कारी लगायतका पार्टीले विरोध प्रदशन गरेका हुन ।