पाल्पामा घर-दैलोमै पानी स्थानीय हर्षित
पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिकाले एक घर एक धारा अभियान अन्तिम चरणमा पुर्याएको छ । घर दैलोमा खानेपानीको सुविधा पुगेपछि स्थानीयमा खुशियाली छाएको छ ।
अब खानेपानी समस्याका कारण हँुदै आएको बसाइँसराइ रोकिने पुर्वखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र केन्द्र सरकारको समन्वय र सहयोगमा एक घर एक धारा अभियानलाई सफल बनाउन जुटेको हो ।
पुर्व खोला गाउँपालिकाभित्र ८० प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो ।