Connect with us
Kapilvast Forest

तुलसीपुर आगलागी: मृत्यु हुनेको पहिचान खुल्यो, शोकमा बजार बन्द

२०७८, २८ माघ शुक्रबारमा प्रकाशित

दाङ –तुलसीपुरको होलसेल जुत्तापसलमा आगलागी हुँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ। जुत्तापसल भएको घरमा कोठा भाडामा लिएर बस्ने पाँचजनाको निस्सासिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

मृत्यु हुनेमा १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली र ५ वर्षीय, अबिददिन अलीको मृत्यु भएको छ।

पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनाको शोकमा आज तुलसीपुर बजार बन्द भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आज एकदिन बजार बन्द गर्ने निर्णय गरेको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेको हो ।बैठकले उचित राहतका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारसँग माग गरेको चेम्बरका सचिव ऋषिराज भण्डारीले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आज राति करिब दुई बजेदेखि आगलागी हुँदा पाँच जनाको ज्यान गएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj