Connect with us
Kapilvast Forest

संस्थापक शेयरधनीलाई बोनस नदिऔँ :योजना आयोगका उपाध्यक्ष

२०७८, २९ माघ शनिबारमा प्रकाशित

काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक तथा वित्तीय संस्थाका संस्थापक समूहका शेयरधनीहरूलाई बोनस शेयर नदिने विषयमा छलफल शुरु भएको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकमा यस विषयमा छलफल चलेको हो । बैंक तथा वित्तीय संस्थाहमा शेयरधनीहरुलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो( संस्थापक समूह र दोस्रो( सर्वसाधारण समूह ।

कम्पनी स्थापनाको समय (शुरुवात) मा लगानी गर्ने लगानीकर्ताहरुलाई संस्थापक शेयरधनी मान्ने गरिएको छ । बैंक तथा वित्तीय संस्था स्थापना भई सञ्चालनमा आएको २ वर्ष पछि सर्वसाधराणलाई साधारण शेयर (आईपीओ० जारी गर्नुपर्ने व्यवस्था छ ।

आईपीओ जारी गरिएको शेयरलाई बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधराण समूहमा राख्ने गरेका छन् । यसरी दुई भागमा रहेका लगानीकर्ताहरु मध्ये संस्थापक समूहमा रहेका शेयरधनीलाई बोनस शेयर नदिने र नगद लाभांशमात्रै दिने विषयमा छलफल भएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।

 

ति अधिकारीका अनुसार सर्वसाधारण शेयरधनीहरुलाई भने बोनस शेयर दिने तर नगद लाभांश नदिने भन्ने विषयमा छलफल चलिरहेको छ । यो प्रस्ताव शुरुमा भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलले ल्याएका थिए । उपाध्यक्ष पौडेलले यो उपाय अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दुबै जनालाई सुनाउनु भएको थियो । गभर्नर अधिकारी र अर्थमन्त्री शर्मा दुवै जना यो विषयमा सकारात्मक देखिएका छन् ।

‘संस्थापक समूहका शेयरधनीहरु नगद लाभांश पाए खुसी नै हुन्छन्, उता सर्वसाधारण समूह तर्फका शेयरधनीहरुको अपेक्षा भने बोनस शेयर नै हुन्छ’ उपाध्यक्ष पौडेलले भन्नु भयो ‘सर्वसाधारण र संस्थापक दुबै समूहका शेयरधनीका लागि यो हितकर हुने भएकाले केही नयाँ निर्णय हुन आवश्यक छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj