Connect with us
Kapilvast Forest

बाणगंगामा ५ ओटा भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु -बाणगंगामा पाँच ओटा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका वडा नं.९ चौवा निवासी ६० बर्षीय वृद्ध रामसमुज थारु पाँच ओटा भरुवा बन्दुक सहित आईतबार पक्राउ परेका हुन् ।

थारुको घरगोठमा लोड गरिएको अवस्थामा बन्दुकहरु लुकाईछिपाई राखिएको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुलाई गरेको प्रहरीले जनाएको छ ।

थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको प्रहरीले वैखरी अनलाईनलाई जानकारी दिएको छ ।

शनिबार पनि प्रहरीले बाणगंगा नगरपालिका वडा नं.२ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj