Connect with us
Kapilvast Forest

अवैध लागूऔषध सहित आठ जना पक्राउ

२०७८, २ फाल्गुन सोमबारमा प्रकाशित

pakrau-

काठमाडौं- अवैध लागूऔषध सहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका १ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन, मरिण गाउँपालिका ७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोले रहेका छन् ।

त्यस्तै पोखरा महानगरपालिका १७ राममन्दिर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय २० ट्याब्लेट र १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रश्न भण्डारी समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुली, कमलामाई नगरपालिका ४ स्थितबाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका(७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj