Connect with us
Kapilvast Forest

एमाले एमसिसीविरूद्ध उभिनुपर्छस् रावल, एमालेले चोलेन्द्रलाई बोक्नुहुन्न

२०७८, २ फाल्गुन सोमबारमा प्रकाशित

bhim.jpg

काठमाडौं-नेकपा एमालेका नेताद्वय भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र एमसिसीलाई समर्थन गर्न नहुने भनि नेतृत्वलाई सुझाव दिनु भएको छ ।संसदीय दलको जारी बैठकमा बोल्ने क्रममा रावलले एमाले एमसिसीविरूद्ध उभिनुपर्ने बताउनु भएको छ ।

यस्तै नेता भुसालले चुनावको मुखमा चोलेन्द्र शमशेर राणालाई बोकेर जान नसकिने बताउनु भएको हो ।बैठककै क्रममा केही समय बाहिर निस्किएका नेता भुसालले अहिलेको अवस्थामा चोलेन्द्रलाई बोक्न नहुने आफ्नो धारणा रहेको बताउनु भयो ।

यस्तै नेता रावलले पार्टीले कुनै पनि हालतमा एमसिसीको समर्थन नगर्न र एमालेले त्यसको विरोध गर्नुपर्ने र पास नहुने गरी पार्टी अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो ।यस्तै उनीहरूले अरू न्यायाधीशमाथिको महाअभियोगबारे पनि सोचेरमात्र कदम चाल्न नेतृत्वलाई सुझाउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu