Connect with us
Kapilvast Forest

अब एमसीसी संसद्‌मा टेबुल हुन्छः पौडेल

२०७८, २ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसद्‌मा टेबुल हुन कसैले नरोक्ने बताउनु भएको छ । सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताउनु भएको हो

 

‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसद्‌मा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसद्‌मै हुन्छ,’ उहाँले भन्नु भयो ।

 

नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा माथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताउनु भयो । जबरा माथि नेपाल बार एशोसिएसन र न्यायाधीशहरुले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वभाविक रुपमा लिन नहुने उहाँको भनाइ थियो।

‘नेपाल बार र न्यायाधीशहरुले नै उहाँ माथि प्रश्न उठाउनुभएको थियो। उहाँले सम्मानजनक बहिर्गमन चाहेको बताउँदै आउनुभएको थियो। तर उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन,’ पौडेलले भने, ‘त्यो भनेको महाअभियोग लगाएर देखाउ भनेको हो। त्यसैले महाअभियोगको प्रस्ताव ल्याइएको हो।’

नेता पौडेलले संसद् पुनःस्थापनको फैसला गर्ने चार न्यायाधीश माथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याएर त्यसलाई संसद् स्वीकार गर्न नहुने बताउनु भयो ।

 

‘सर्वोच्चको फैसला सबैले मान्नुपर्छ। संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीश माथि एमालेले महाअभियोग प्रस्ताव ल्याए त्यसलाई संसद्ले अस्वीकार गर्नुपर्छ,’ उहाँले भन्नु भयो , ‘२०५१ मा मनोमोहनले संसद भंग गरेपछि पुनःस्थापनको फैसला गर्ने तत्कालीन प्रन्याविरुद्ध एमालेले महाअभियोग प्रस्ताव ल्याएको थियो। त्यो बेला म सभामुख थिएँ। नियम, कानुन पल्टाएर हेरेपछि मैले त्यो प्रस्तावलाई अघि नबढाउने निर्णय गरेको थिएँ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu