सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं – सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक खेमराज नेपालले आफ्नो नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (माघ गते) देखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।