Connect with us
Kapilvast Forest

सितगंगामा २०७४ सालको स्थानीय चुनावलाई फर्केर हेर्दा

२०७८, २ फाल्गुन सोमबारमा प्रकाशित

अर्जुन बेल्बासे ,कपिलवस्तु –स्थानीय तहको मिति तोके सगैं चुनावि चलहपह एवम राजनितिक दलहरु कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिएका छन ।स्थानिय तहको निर्वाचनको मिति घोषणा भए संगै क्षेत्रफलका हिसावले सबै भन्दा ठुलो नगरपालिका सितगंगा नगरपालिका पनि कुन पार्टीको को उम्मेद्वार कोे , को बलियो उम्मेदवार भन्दै २०७४ को स्थानिय तहको मत परिणमलाई लिएर पनि उम्मेदवारहरुको चोक चोकका चिया पसल , पार्टि कार्यालय , जमगघट स्थलमा चर्चा चल्न थालेको छ ।

२०७४ सालमा असार १४ भएको चुनावी परिणम हेर्दा अर्घाखाँचीको सितगंगामा कांग्रेस र माओवादीविचको गठबन्धनले जित हाँसिल गरेको थियो ।विभिन्न घटानाक्रम र अहिलेको सरकारले सत्ता गठबन्धन कायमै राखेर निर्वाचनमा एमाले एक्लै र अरु दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । तर स्थानिय तहका नेताहरु विच गठबन्धनले उम्मेद्वारीका आकांक्षिहरु पछाडि नहटने देखिन्छ ।

२०७४ सालमा कांग्रेससँग मिलेर चुनाव लडेको माओवादी केन्द्र नगरमा उप प्रमुख र वडामा पनि केहि सिट जितको माओवादि तेस्रो ठूलो दलका रुपमा स्थापित भएको थियो । तर पछिल्ले राजनिति घटना क्रम अनुसार माओवादि बाट जितेका जन प्रतिनिधि नै एमाले मुलधारको राजनितिमा लागेका छन भने

नेता तथा कार्यकर्ताका हिसावले नगरमा ठुलो दलको रुपमा रहेको एमाले पनि विभाजित भएर एकीकृत समाजवादी गठन भएको छ तर सितगंगामा भने खासै असर नपरेको एमाले नेताहरुको धारणा छ । त्यसबेला उप विजेता बनेको एमाले विभाजित र राजनितक घटना क्रम अनुसार माओवादि केन्द्रबाट जन प्रतिनिधि बनेका नै एमाले मुलधारको राजनितिमा लागे सगैं कस्तो परिणाम आउला भन्ने चासो व्यक्त हुन थालेको छ।

२०७४ सालमा भएको निर्वाचनमा मायोवादि र कांग्रेशको लालमेमा भएको निर्वाचनमा मेयर पदमा सुर्य प्रसाद अधिकारील ८ हजार ६ सय ७७ मत ल्याएर जित हाँसिल गर्नु भएको थियो भने

एमाले बाट उम्मेद्वार बन्नु भएका बसन्त कुमार श्रेष्ठ ६ हजार ९ सय ९० मत ल्याएर उप विजेता बन्नु भएको थियो भने राष्ट्रिय जनमर्चाबाट चुनाव लडका गोविन्द थापाले मेयर पदमा १ सय ३७ मत ल्याएर तेस्रो ठूलो दलका बन्नु भएको थियो ।
उता माले बाट उम्मेदवार बन्नु भएका केदार बेल्बासेले ४१ मत ल्याएर चौथो बन्नु भएको थियो ।उता नयाँ शक्ति पार्टीका उम्मेदवार योगेशवर गिरी ३९ मत ल्याएर छैठौ हुनु भएको थियो ।भने राष्ट्रिय जनमुक्ति पार्टीका मेयर पदका उम्मेदवार मान बहादुर सारुले ३२ मत ल्याउनु भएको थियो ।सितगंगामा नगर प्रमुख पदका लागि ७ जना र उप प्रमुख पदका लागि ५ जना चुनावि मैदानमा उत्रिनु भएको थियो ।

त्यस्तै गत स्थानिय निर्वाचनमा सितगंगा नगरपालिकाबाट उपमेयर पदमा पनि गठबन्धबाट चुनावि मैदानमा उत्रिनु भएको माओवादि केन्द्रका टिका बहादुर रेस्मी मगरले ९५ मतान्तरले विजयी हुनु भएको थियो । उप प्रमुख पदमा गठबन्धनका रेस्मिको ७ हजार १ सय मत ल्याउनु भएको थियो भने एमाले बाट उम्मेदवार बन्नु भएकि गिता भाट क्षेत्रि ले ७ हजार ३३ मत ल्याएर उप विजेता बन्नु भएको थियो । भने राष्ट्रिय जनमर्चाबाट बास्मता भट्रराई १ सय४५ मत ल्याएर तेस्रो , राष्ट्रिय जनमुक्तिबाट ७४ मत ल्याएर बसन्ता पंगेनी चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपादेवि बेल्बासे ४५ मत ल्याएर पाचौं बन्नु भएको थियो । १४ वटा वडा भएको सितगंगामा निर्वाचनमा नेपाली कांग्रेशले ८ वटा वडा , एमालेले ४ वटा वडा र माओवादिले २ वडा वडा जितेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj