Connect with us
Kapilvast Forest

विश्वकप छनोटको लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं- पर्सीदेखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।

प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समितिबीच मंगलबार बैठकपछि टिमको घोषणा गरिएको हो। घोषित १४ सदस्यीय टिममा ओमान भ्रमणमा रहेका १७ जना खेलाडी मध्ये करन केसी, कुशल मल्ल, शाहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिएको छ। करन ढाडको समस्याका कारण प्रतियोगिताबाट बाहिर भएपछि नेपाल फर्कनेछन्।​

करन केसी घाइते हुँदा टिममा स्थान बनाएका फास्ट बलर गुल्सन झालाई पनि १४ सदस्यीय टिममा मौका दिईएको छ। अविनाश बोहरा, जितेन्द्र मुखिया र कमल सिंह ऐरीपछि चौंथो फास्ट बलरको रुपमा गुल्सन टिममा रहनेछन्।

ओमान भ्रमणमा एक मात्र खेलमा मौका पाएका प्रदिप ऐरी र शाहब आलम तथा कुशल मल्ललाई रिजर्भ खेलाडीको रुपमा राखिएको छ जो टिमसँगै ओमानमा रहनेछन्।

टिममा देब्रे हाते स्पिनरको रुपमा सागर ढकालले मौका पाएका छन्। सागरले भ्रमणको पहिलो खेलमा ओमान बिरुद्ध डेब्यु गर्ने मौका पाएका थिए जुन खेलमा ३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए। तर अर्का देब्रे हाते स्पिनर शाहब आलमले पनि राम्रो प्रदर्शन गर्न नसक्दा सागरलाई मौका दिईएको हो। टिममा युवा खेलाडीहरु लोकेश बम, बिबेक यादवले निरन्तरता पाएका छन्।

यी हुन् ११ खेलाडी

सन्दिप लामिछाने (कप्तान) , शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी, बिबेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा।

रिजर्भ खेलाडी

प्रदिप ऐरी, शाहब आलम र कुशल मल्ल

नेपालले टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेल ओमानसँग शुक्रबार खेल्नेछ। शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग खेल्ने तालिका छ।

समूहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। सेमीफाइनल खेल जितेको खण्डमा नेपाल यो वर्ष टि-२० विश्वकप खेल्न छनोट हुनेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu