Connect with us
Kapilvast Forest

एमसीसीको विरोधमा माओवादी नेता श्रेष्ठ पनि सडकमा

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं -नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् ।

नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शनमा उत्रिएका पार्टी कार्यकर्ताहरुमाझ श्रेष्ठ पनि पुगेका हुन् । माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि श्रेष्ठ पनि प्रदर्शनमा सहभागी भएका हुन् ।

माओवादी केन्द्रका वाईसीएल, अखिल क्रान्तिकारी लगायतका भ्रातृ संस्थाहरु बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी, राप्रपा, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले पनि प्रदर्शन जारी राखेका छन् ।

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu