Connect with us
Kapilvast Forest

राष्ट्रिय युवा संघका संगठित सदस्य दिवगंत पौडेलको स्मृतिमा शोक सभा

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

 कपिलवस्तु-राष्ट्रिय युवा संघ नेपालका संगठित सदस्य दिवगंत नवलराज पौडेलको स्मृतिमा शोक सभा सम्पन्न गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरपालिका वडा नं. ८ वडा कमिटिको आयोजनामा दिवंगत पौडेलको ७ औँ दिनको स्मृतिमा शोक सभा गरिएको हो ।

शोक सभामा दिवगंत पौडेलको योगदान तथा उहाँले गरेका सामाजिक कार्यहरुको स्मरण गर्दै पार्टीका नेता तथा कार्यकर्ताले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

शोक सभामा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य कृष्ण पौडेलले कम्युनिष्ट आन्दोलन सफल भएमा मात्रै दिवंगत पौडेलले गरेको पार्टी प्रतिको योगदानको कदर हुने बताउनुभएको थियो । उहाले दिवंगत पौडेलको त्याग योगदानको पार्टीले सधै उच्च कदर गर्ने प्रतिवद्धता व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजन प्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका ईन्चार्ज कृष्ण सापकोटाले पनि शोक मन्तब्य राख्दै गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

शोक सभामा नेकपा (एमाले) कपिलवस्तु जिल्ला सचिवालय सदस्य, क्षेत्र नं. १ का सह संयोजक, निर्वाचन विभाग प्रमुख एवम् संगठन विभाग उप प्रमुख विश्व कार्की, सचिवालय सदस्य राधेश्याम न्यौपाने, जिल्ला कमिटि सदस्य भिष्मराज भुसाल, बाबुराम अर्याल, बिश्वास जिसी, तुल्सी प्रसाद अर्याल, दिलकुमारी भण्डारी, राधिका पौडेल, बाणगंगा नगर कमिटि अध्यक्ष युवराज पोख्रेल, वडाध्यक्ष गुणानिधि भुसाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय कोषाध्यक्ष बिष्णु भण्डारी, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष शालिकराम पौडेल, राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सदस्य सुशिल कुवंर, राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ८ वडा ईन्चार्ज दिपक जिसी, अखिल नेपाल महिला संघ जिल्ला सदस्य गंगा रिजाल लगायत पार्टीका प्रदेश, जिल्ला, नगर कमिटिका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

दिवगंत पौडेल परिवार तथा आफन्तजन समेतको उपस्थिती रहेको शोक सभा राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ८ वडा कमिटि अध्यक्ष निर्मल गुरुङको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटि सचिव तिलक गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।दिवंगत पौडेलको २६ बर्षको उमेरमा यहि फागुन १ गते सवारी दुर्घट्नामा परि निधन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj