Connect with us
Kapilvast Forest

गृहमन्त्रीलाई ओलीको प्रश्न:प्रहरीमाथि ढुंगा हान्ने आदेश दिएको हो ?

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर हिजो बानेश्वरमा प्रदर्शनबारे जिज्ञासा राख्नु भएको छ । सोमबार कालु पाण्डेको समाधीस्थलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त टेलिफोन संवादबारे जानकारी गराउनु भएको हो ।

‘मैले आज गृहमन्त्रीलाई भने  तपाईं पुलिस किन सडकमा पठाउनुहुन्छ रु’ ओलीले भन्नु भयो , ‘कत्रो दुःख गरेर बाटो बनाएको छ, सरकारमा हुने क्रान्तिकारीहरूले भत्काएका छन् । कोही छैन यो देशमा नभत्काऊ भन्ने रु कस्तो सरकार हो रु’

ओलीले प्रदर्शनकारीबाट प्रहरी कुटिँदा पनि त्यसको प्रतिरक्षा गर्न किन आदेश नदिएको भने आफूले गृहमन्त्रीलाई प्रश्न गरेको बताउनु भयो । उहाँले भन्नु भयो ‘प्रहरी कुटाइ खाएर भागेको छ । २५ जना मान्छेले ढुंगा हानेको छ । डेढ सय प्रहरी पछाडि भाग्दै छ । केही पनि आदेश हुँदैन ।’

ओलीले थप्नु भयो , ‘मैले गृहमन्त्रीलाई सोधेँ, ढुंगा हान्ने मात्रै आदेश थियो के आदेश थियो ’ प्रहरी कुटिएको बारे पनि आफूले गृहमन्त्रीसँग बुझेको ओलीले जानकारी गराए । ‘मैले गृहमन्त्रीलाई सोधेँ प्रहरी किन कुटिए रु कति घाइते भए ,’ उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu