Connect with us
Kapilvast Forest

मल्लरानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

प्यूठान-मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् । वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिनु भयो ।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,थापाले भन्नु भयो एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu