उम्मेदवारहरूको रोष्टर तयार पार्न माओवादीको सुर्कलर
काठमाडौं -नेकपा माओवादी केन्द्रले सर्कुलर जारी गर्दै उम्मेदवारहरूको रोष्टर तयार पार्न भनेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ४ फागुनमा पठाएको सर्कुलरमा नगर तथा गाउँपालिकामा निर्वाचन मूल परिचालन समिति र अध्ययन सर्वेक्षण तथा विश्लेषण उपसमिति बनाउन भनेको छ ।
अध्ययन सर्वेक्षण उपसमितिले मत परिणामको तथ्यांकगत आधारमा समीक्षा गर्ने, सक्षम इमान्दार तथा लोकप्रिय उम्मेदवारहरूको रोष्टर तयार गर्नुपर्ने सर्कुलरमा भनिएको छ ।