Connect with us
Kapilvast Forest

शिवराज ३ मा शिव मन्दिरको उद्घाटन

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ३ धनगढवामा शिव मन्दिरको उद्घाटन गरिएको छ । स्वर्गिय टिका कुमारी के.सीको सम्झनामा निर्मित शिव मन्दिर र प्रतिक्षालयको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै शिवराज नगरपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले नव निर्मित शिव मन्दिरका व्यावस्थानका लागी आफ्नो व्याक्तीगत तथा वडाको तर्फबाट सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका नेता राजु खरालले वडालाई पर्यटकिय स्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । सोनवागढ सुपा जस्ताधार्मीक तथा पर्यटकिय स्थलहरु रहेकोले बताउँदै यि क्षेत्रको विकासगर्दा स्थानीयहरुको सहभागिता अनिवार्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली कांग्रेसका युवा नेता अजय थापाले नगरपालिकाका विभिन्न ठाउंमा धार्मिक पर्यटकिय स्थान रहेकोले यसको संरक्षण सम्वद्र्धनमा ध्यान पुराउन आवश्यक रहेको बताउनुभयो ।

धर्म भनेको हाम्रो अनुसासन हो धर्म भनेको हाम्रो रितीरिवाज परम्परा भएकाले आफ्ना छोराछोरीलाई धर्मको मार्गमा हिडाउन सकेमा कुलतबाट बच्न सक्ने थापाले बताउनु भयो । थापाले शिवराजको पर्यटकिय सुन्दरतामा थप इटा थप्ने काम गरेको भन्दै स्वर्गिय केसीका श्रीमान गोविन्द बहादुर खत्री प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।यसैविच उक्तकार्यक्रममा गोविन्द बहादुर खत्रीको अध्यक्षतामा१३ सदस्य शिव मन्दिर व्यवस्थापन समिति गठन गरिएको छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu