Connect with us
Kapilvast Forest

‘कबड्डी कबड्डी कबड्डी’ को सुरुवाती व्यवसाय राम्रो, अबका दिन के होला ?

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं– रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको सुरुवाती ब्यवसाय राम्रो गर्न सफल भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले शुक्रबार भन्दा शनिबार आक्रमक व्यवसाय गरेको निर्देशक रामबाबु गुरुङले बताए ।

फिल्मले शनिबार मात्रै १.७८ करोडको ग्रस कलेक्सन गरेको बितरक कम्पनी ‘स्टेशन ५’ ले जानकारी दिएको छ । शनिबार राजधानीबाट ९२ लाख कलेक्सन र मोफसलबाट ८६ लाख कलेक्स फिल्म सफल भएको ‘स्टेशन ५’ को भनाई रहेको छ ।

बिहिबार प्रिमियर गरिएको यो फिल्मले व्यवसायअनुसार दर्शकको प्रतिक्रिया भने राम्रो पाउन सकेको छैन । फिल्मलाई केहीले ‘कबड्डी’ सिक्वेलमध्ये सबैभन्दा कमजोर समेत भनेका छन् । फ्राइडे रिलिज अन्तर्गत एकल प्रदर्शनमा आएको यो फिल्ममा दयाहाङ राई, उपासनासिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा.सिंह गुरुङ, शिला खनाल र मणि के राईलगायत कलाकारको अभिनय रहेको छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा सिनेमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu