Connect with us
Kapilvast Forest

जसपाको निर्णायक बैठक सुरू

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं – लामो समयदेखि आन्तरिक विवादमा रुमल्लिएको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक सुरू भएको छ।ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीभित्र देखिएको विवाद, एमसीसी, स्थानीय चुनावको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीचको विवादले पार्टी फुटको दिशातिर गइरहेको छ । भट्टराईले लामो समयदेखि कार्यकारणी समिति बैठक बोलाउन माग गरिरहेका थिए ।

बाबुराम पक्षधरले उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेको भन्दै छुट्टै पार्टी निर्माणका लागि हस्ताक्षरसमेत संकलन गरेको छ । जसपाका नेताले पार्टीको एकता कायम रहने या नरहने कुरा यादवमै निर्भर रहेको बताउनु भयो ।

‘उनी सांगठानिक, वैचारिक र राष्ट्रिय एजेन्डामा प्याकेजमै सहमति गर्न तयार नभए पार्टी एकता जोगिन्न,’ ती नेताले भन्नु भयो , ‘नभए बहुमत पक्ष अर्को निर्णय गर्न बाध्य हुन्छ ।’

एमसीसीमा पनि जसपा भित्र विवाद छ । भट्टराई एमसीसीका पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् भने यादव अझैं यसबारे प्रष्ट छैनन् । यादवनिकट नेताहरू पार्टी विवाद झन् बढ्ने डरले नबोलेको भए पनि उपेन्द्र यथास्थितिमा एमसीसीलाई सर्मथन गर्ने पक्षमा नरहेको बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu