Connect with us
Kapilvast Forest

सभामुखले राजीनामा नदिएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : महासचिव पोखरेल

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका छन् ।स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउने बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै उनले सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने प्रष्ट्याए ।

 

‘एमाले विभाजन गर्नेगरी सभामुखले दोहोरो भूमिका निभाउनुभयो,’ महासचिव पोखरेलले भने, ‘सभामुखले गल्ती सच्याउनुपर्‍यो वा मार्गप्रशस्त गर्नुपर्‍यो । अनि मात्र एमाले संसदीय प्रक्रियामा सहभागी हुन्छ ।’

सभामुखबाट निकास ननिस्किए सत्तारुढ गठबन्धन वा सरकारले आफूहरूको माग पूरा गर्नुपर्ने महासचिव पोखरेलको माग छ । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको विरोधमा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu