Connect with us
Kapilvast Forest

स्थानीय तह निर्वाचनका लागि एमाले निर्वाचन आयोगमा दर्ता

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनु भयो ।उहाँले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गर्नु भयो   ।

स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निर्वाचन आयोगले जारी गरेको छ । निर्वाचन कानुन अनुसार सम्बोधन नभएपनि समग गुज्रनुपूर्व नै निर्वाचनको मिति घोषणा भएको छ । हामीले त स्वाभाविक रुपमा समयमै निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा थियौं ।’ उहाँले भन्नु भयो , ‘ हामी तयारीमा पनि जुटिसकेका छौं । अहिले देशभरि नै हामी निर्वाचन केन्द्रित एक प्रकारको प्रशिक्षण कार्यक्रम संचालन गर्दै अघि बढिरहेका छौं । नेकपा एमाले निर्वाचन तयारीमा जुटेको छ । र, अन्य दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुनका लागि म अनुरोध गर्छु ।’

यसैबीच, निर्वाचन आयोगले शुक्रबार ९आज० दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ता गराएको बताउनु भयो ।

उहाँले हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गते भित्र आयोगमा दर्ता भएको दलहरुले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पार्नु भयो ।

प्रवक्ता शर्माले भन्नु भयो ‘स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गनेक्रम जारी छ । हिजो(बिहीबार) साँझसम्म ३२ वटा दल दर्ता भएकोमा अहिले करिव ४० वटा दल दर्ताका लागि निवेदन दिइएको अवस्था छ । निर्वाचन आयोगमा १०९ वटा दल दर्ता छन । फागुन १५ गतेसम्म दर्ता भएको राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ ।’

प्रवक्ता शर्माले आयोगले स्थानीय तह निर्वाचनको कामलाई तीव्रताका साथ अघि बढाएको बताउनु भयो ।

सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ । निर्वाचनको सोही मितिलाई मध्यनजर राखेर तयारीको कामलाई अघि बढाएको निर्वाचन आयोगले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu