Connect with us
Kapilvast Forest

एनसेलको पीआरबिटी सेवामा नयाँ योजना अब आफ्नै धुन बनाई बोनस ब्यालेन्स र पुरस्कार जित्न सकिने

२०७६, ६ आश्विन सोमबारमा प्रकाशित

 

५ असोज, काठमाडौं । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पीआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आवहान गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन् ।

एनसेल प्रा.लि.ले आफ्ना पि्रपेड ग्राहकका लागि लोकपि्रय सेवा ‘पिआरबिटी आफ्नै धुन’ को नयाँ भर्सन ल्याएको हो । यस भर्सन अन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन् ।

यो योजना सोमबार (असोज ६) बाट संचालनमा आउँदै छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेेट गरिएको धुनको ग्राहकले नगद रु ३०,००० प्राप्त गर्नेछ । त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद रु २०,००० पुरस्कार स्वरुप प्राप्त गर्नेछ । विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ ।

धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारु बापत रु ३ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । त्यस पश्चात प्रत्येक १० एक्टिभेसनका हिसाबले रु ३० बोनस पाउनेछन् । यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ ।

पि्रपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पिआरबिटी आफ्नै धुन सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ । यस पिआरबिटी सेवाका लागि प्रत्येक महिनाको शुल्क रु १० (कर सहित रु १२.७७) रहेको छ ।

यस योजनामा भाग लिई आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आईडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्नेछन् । लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पिआरबिटीका रुपमा प्रयोगका लागि आवहान गर्न सकिन्छ ।ग्राहकमा रहेको प्रतिभाको उजागर गर्न सहयोग गर्ने यस्तो योजना ल्याउन पाएकोमा कम्पनी हषिर्त रहेको एनसेलले जनाएको छ । यो योजना लागु भएको मितिबाट १२ हप्ता सम्म संचालनमा रहनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu