Connect with us
Kapilvast Forest

यी बैकबाट पाइन्छ दशैका लागि नयाँ नोट

२०७६, ६ आश्विन सोमबारमा प्रकाशित

काठमाडौ । दसैंमा माग हुने साना दरका नयाँ तथा सुकिलो नोटलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले यही असोज १० देखि सटहीको सुरु गर्दैछ।

सर्वसाधरणलाई सुविधा होस् भनेर राष्ट्र बैंकले उपत्यका सहित मुलुकका विभिन्न स्थानमा नयाँ तथा सुकिलो नोट साट्ने व्यवस्था मिलाएको जनाएको छ। आठ दिन मात्र नयाँ नोट सटही गर्ने राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक÷एक प्याकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँ मात्र साट्न सक्ने जनाएको छ। काठमाडौं उपत्यकाका हकमा नयाँ नोट साट्न नेपाल राष्ट्र बैंक नै धाउनु नपर्ने गरी व्यवस्था मिलाइएको छ।

उपत्यकामा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ। नेपाल बैंक लिमिटेड, शाखा कार्यालयहरू न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्यौगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ दरका नोट साट्न सकिने छ। राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयहरू सिंहदरबारप्लाजा ९केन्द्रीय कार्यालय०, सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नोट साट्न सकिने व्यवस्था मिलाइएको छ। कृषि विकास बैंक, शाखा कार्यालयहरू गौशला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क थानकोट र पुल्चोक शाखामा नोट सटहिको व्यवस्था मिलाइएको छ।

उपत्यका बाहिर काठमाडौं उपत्यका यि स्थान बाहेक विराटनगर, जनकपुर, बीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट ती बैंकका शाखाहरूबाट पनि नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसका अतिरिक्त अन्य वाणिज्य बैंक, विकास बैंक तथा बित्तीय संस्थाहरूबाट ग्राहकहरूले सुकिलो तथा सीमित मात्रामा नयाँ नोट सटही गर्न सक्ने छन्।

नोटमा रंग लगाए कारबाही नेपाल राष्ट्र बैंकले कुनै पनि नोटमा रंग लगाएर नोट विगार्ने काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ। दसैं लगायतका चाडमा नयाँ नोटमा रंग लगाउने, केरमेट गर्ने, नोटको आकार विकार्गे लगायतका काम हुने भएको भन्दै यस्तो कार्य नगर्न आग्रह गरिएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu