बनगाईमा महाशिवरात्रीको अवसरमा मेला उत्सव एवम भण्डारा हुने
कपिलवस्तु-शिवरात्रीको अवसरमा महाराजगन्ज नगरपालिका वडा ११ बनगाईमामा मेला आयोजना गरिएको छ । जय मा काली ईटा उद्योगको संचालक धर्मेन्द्र कुमार पुरिको आयोजनामा फागुन १६ र १७ गते भजन कृतन सहित भण्डाराको आयोजना गरिएको आयोजक पुरीले बताउनुभयो ।
आफ्नै लगानीमा निर्माण गरेको कालीमाता मन्दिरमा शिवरात्रीको अवसरमा भब्य जागरण समेत हुने पुरिले जानकारी दिनु भयो । पुजाआजा सहित भण्डाराको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।