Connect with us
Kapilvast Forest

गण्डकी प्रदेशसभा : दुई विधेयक प्रस्तुत

२०७६, ६ आश्विन सोमबारमा प्रकाशित

पोखरा, असोज ६ । गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएको छ ।

बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले ‘गण्डकी प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरे ।

त्यस्तै सोही बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले ‘गण्डकी प्रदेश विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रतिवेदनसहित सभासमक्ष प्रस्तुत गरे ।

गत साउनको २० गते बसेको प्रदेशसभा बैठकको निर्णयअनुसार दफावार छलफलका लागि विधायन समितिमा पठाइएको सो विधेयकका सम्बन्धमा विभिन्न १० वटा बैठक बसेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu