Connect with us
Kapilvast Forest

भारतले नसाट्दा राष्ट्र बैंकको ढुकुटीमा थन्कियो ७ करोड भारु

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

rastrya bank

 

काठमाडौं – २३ कात्तिक २०७३ मा भारत सरकारले एक्कासी ५ सय र १ हजार रुपैयाँका दरमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी मुलुक भारतले गरेको यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ ।

सरकारी उदासीनताले भनौं या भारत सरकारको बेवास्ताले नेपालको बैंकिङ प्रणालीमा रहेका ७ करोड रुपैयाँ भारतीय रुपैयाँ साटिएनन् । नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोटहरु साट्नका लागि पहल नगरेको होइन । आफूसँग रहेको करोडौं रुपैयाँ साटिदिनका लागि भन्दै भारतीय केन्द्रीय बैंकलाई पटक-पटक पत्राचार गरे पनि भारत सरकारले सुनेन ।

 

अब भने राष्ट्र बैंकले सटही हुने आश मारेको छ । लामो समय सटही हुने आशमा रहेको राष्ट्र बैंकले यस बीचमा नेतृत्व नै परिवर्तन भइसकेको छ । भारतीय नोट साट्नका लागि त्यसबेला निकै सक्रियता देखाएका तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवकोटी, अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ र गभर्नर डा. चिरञ्जीवी नेपाल अवकास भइसकेका छन् । उनीहरुको अवकास पछि नयाँ आएको नेतृत्वले भने यस विषयमा चासो पनि देखाएको छैन ।

‘अब त हामीले आश पनि मारिसकेका छौं, नोट साटिने भन्ने सम्भावना छ भन्ने लाग्दैन’ राष्ट्र बैंकका एक कर्मचारी भन्छन्, ‘सास रहेसम्म आस चाहिं गर्नुपर्छ भन्ने उखान जस्तै नोट ढुकुटीमा थन्काएर राखिएको छ, साटिन्छ भन्ने कुरामा भर पर्न सक्ने अवस्था रहेन ।’

 

भारत सरकारले भारु ५ सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाउँदा नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु नोट रहेको बताएको थियो । यसमा थोरै केही रकम विभिन्न निकायहरुले सटही गरे पनि धेरै रकम अहिले पनि राष्ट्र बैंकका ढुकु्टीमा थन्किएर बसेको छ । राष्ट्र बैंकका अधिकारीहरुका अनुसार सर्वसाधारणको समेत जम्मा गरेको भए धेरै भारतीय रुपैयाँ जम्मा हुने थियो । तर सर्वसाधारणहरुसँग भएको नोटहरु राष्ट्र बैंकले साटेन ।

राष्ट्र बैंकलाई भारतीय नोटहरु सटही नगर्नका लागि निर्देशन नै दिएको थियो । भारतले नेपालमा रहेका वैधानिक नोटहरु समेत साटिदिन अनिच्छा देखाएपछि राष्ट्र बैंकले सर्वसाधारणहरुको नोट समेत नसाट्न बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको विदेशी विनिमय विभागका तत्कालीन कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले सटही नै बन्द गर्न बैंकहरुलाई पत्र लेखेका थिए ।

नेपालका प्रायः सबै ठाउँमा भारतीय नोटहरु चल्ने गरेका छन् । अझ मोरङको जोगवनी, सप्तरी, सिरहा जस्ता भारतीय सीमा नाका नजिकका क्षेत्रहरुमा नेपाली रुपैयाँ भन्दा पनि बढी भारतीय रुपैयाँहरु चल्ने गरेका छन् । सुदूरपश्चिमका धेरै नेपालीहरु भारतमा श्रम गर्न जाने भएकाले त्यस क्षेत्रमा पनि भारतीय रुपैयाँ निकै रहेको राष्ट्र बैंकको अनुमान थियो ।

‘त्यसबेला धन्न राष्ट्र बैंकले वुद्धि पुर्‍याएर सर्वसाधारणको नोट सटही गरेन जसले अहिले ११ करोड नेपाली रुपैयाँ बराबरका मात्रै भारतीय नोट थन्किएका छन्, सर्वसाधारणको पनि जम्मा गरेको भए त धेरै नै हुने थियो’ राष्ट्र बैंकका ती कर्मचारी बताउँछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu