Connect with us
Kapilvast Forest

कपिलवस्तुको धानखोलामा शिवरात्री मेला सम्पन्न

२०७८, १७ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ धानखोला शिवमन्दिरमा महाशिवरात्री पर्व विशेष विविध मेला तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हरेक बर्ष महाशिवरात्री पर्वको अवसरमा शिव मन्दिर व्यवस्थापन समितिले आयोजना गर्ने मेला तथा सास्कृतिक कार्यक्रम यस बर्ष भने रात्रीकालिन भजन कृतन र औपचारीक कार्यक्रम गरी मनाइएको छ ।

शिवगढी मन्दिरको प्रवेश द्धारका रुपमा रहेको पूर्व पश्चिम राजमार्गमा अवस्थित धानखोला शिव मन्दिरमा विहानै देखि भक्तजनहरुको घुइचो रहेको थियो । शिवगढी मन्दिरमा पुगेर फर्किएका र शिवगढी चढ्न नसक्नेहरुले धानखोला मन्दिरमा नै भगवान शिवको दर्शन र पुजा आरधाना गरेका छन । तिन नदिको संगम स्थलका रुपमा रहेको अर्घाखाँची, दाङ र कपिलवस्तुको सिमा क्षेत्र धानखोला मन्दिरमा छिमेकी जिल्ला देखि छिमेकी मुलुक भारतबाट समेत हजारौ भक्तजनहरु दर्शन गर्न आउने गर्दछन ।

राजमार्गमा रहेको धानखोला मन्दिर पर्यटकिय र धार्मिक रुपले परिचित रहेकोले नगरपालिकाले पनि यसको विकास र सम्बद्र्धनका लागी हरेक बर्ष प्रयासरत रहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । शिवराज नगरपालिका धार्मिक तथा पर्यटकिय हिसाबले भरिपूर्ण नगर रहेको स्मरण गर्दै धानखोला र शिवगढी किल्लाको प्रचार प्रसार र विकास गर्न सके मात्र अझ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका धार्मिक पर्यटक भित्राउन सकिने बताउनु भयो ।धानखोला मन्दिर र शिवगढी किल्लाको पर्यटन प्रर्वद्धनका लागी आफुले प्रदेश तथा केन्द्रमा पहल गरेको गढवा गााउँपालिका अध्यक्ष सहजराम यादवले बताउनु भयो ।

जनप्रतिनिधी जो सुकै आए पनि विकास निरन्तर चलिरहने शिवरजा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष चुरबहादुर खड्काले बताउनु भयो । धार्मिक र पर्यटकिय क्षेत्रको विकास लागि वडाबाट आफुले सकेको प्रयास पनि गरेको उहाँले बताउनु भयो । पर्यटकीय क्षेत्रको विकास संगै धार्मिक क्षेत्रको प्रचार प्रसार पर्यटन प्रर्वद्धनमा सबै राजनितक दलले हातेमालो गर्नुमा विभिन्न राजनैदलका नगर अध्यक्ष र सभापतिले जोड दिए ।

कोरोनाका कारण केहि फरक किसिमको कार्यक्रम गर्ने उद्देश्य यस बर्षको महाशिवरात्री पर्वको अवसरमा विगतका बर्षमा जस्तै साँस्कृतिक कार्यक्रम नभई भजन मण्डली बाट भजन किर्तन संचालन गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष दिनेश पुनले बताउनु भयो । महाशिवरात्रीको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रम र पुजा आरधानाका लागी देश तथा भारत बाट हज्जारौ भक्तजनहरु आउने भएकाले मन्दिर व्यवस्थापन समितिले विभिन्न निकायमा पहल गरी भक्तजनका लागी धर्मशाला शौचालय निर्माण गरिएको पुनले बताउनु भयो । मन्दिरको विकासका लागी जनप्रतिनिधीले यसको उचित व्यवस्थापनका लागि ध्यान दिनु पर्ने बताउनु भयो ।
मन्दिर परिसरमा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी, विशिष्ट अतिथि गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव र धानखोला शिव मन्दिर व्यवस्थापन समिति अध्यक्ष दिनेश पुन अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ९ का अध्यक्ष चुर बहादुर खड्का ,नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल, नेपाली काँग्रेस शिवराज नगर समिति सभापति मधुसुदन पोखरेल, नेकपा (एकिकृत समाजवादी) शिवराज नगर कमिटि अध्यक्ष सरोज पौडेल,व्यापार सघ कपिलस्तुका अध्यक्ष महादेव पोखरेल, दलित पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu