Connect with us
Kapilvast Forest

दाङमा बालिकाको मृत्यु, पैदल यात्रीसहित तीन घाइते

२०७८, १८ फाल्गुन बुधबारमा प्रकाशित

accident

कारले मोटरसाइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, पैदल यात्रीसहित तीन घाइते

दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर तीन जना घाइते भएका छन्।
कारले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर ७ आनन्दपुरकी सन्ध्या चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते चौधरीको उपचारका क्रममा: लमही अस्पतालमा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले बताए।

दुर्घटनामा मोटरसाइकल चालक राप्ती ६ सगरापुरका ४४ वर्षीय जयराम चौधरी र उनकी बहिनी ३५ वर्षीया बेदकुमारी चौधरी घाइते छन्। मोटरसाइकल जयरामले चलाएका थिए। उनकी भान्जी सन्ध्याको मृत्यु भएको हो।

साथै दुर्घटनामा पैदल यात्रु लमही नगरपालिका ८ असानीका २८ वर्षीय पारस बोहरा पनि घाइते छन्। उनको लमहीमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइते बेदकुमारी र जयरामलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।

गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ३४६१ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी करिब १० बजे गढवा गाउँपालिका २ महादेवा पुल नजिकै ठक्कर खाएको थियो।

तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीको अनुमान छ। कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu