Connect with us
Kapilvast Forest

शेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रीकाे निर्देशन

२०७८, १८ फाल्गुन बुधबारमा प्रकाशित

काठमाढडौं– अर्थ मन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाइ पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नुभएको छ । आज बुधवार अर्थ मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर अहिले पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्नुभएको हो ।

छलफलमा बोल्दै अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शेयर बजारमा देखिएकाे समस्या समाधान गर्न एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले शेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरूको काम कारबाहीबाट देखिनेछ ।’

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताउनुभयो । उहाँले पुँजी बजार सुधारका लागि केही कानुनमा सुधार गर्नुपर्ने बताउनुभयो । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागिपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । ‘टीएमएस प्रणाली’ सुधार गर्नुपर्ने देखिएको छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजी बजारसम्बन्धी ऐन समय सापेक्ष नभएको बताउनुभएको छ । उहाँले पुँजी बजार सुधारका लागि अहिले भएका नीतिगत व्यवस्थाहरूलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनका लागि प्राविधिको अध्ययन गर्नुपर्ने जानकारी दिनुभयो ।

त्यस्तै अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले पुँजी बजार आन्तरिक मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी देखाउनुपर्ने बताउनुभयो । उहाँले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिनुभयो ।

अर्थ मन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिँदै पुँजी बजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनुपर्ने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu