Connect with us
Kapilvast Forest

ट्र्याक्टर दुर्घटना हुँदा अर्घाखाँचीमा एक जनाको ज्यान गयो

२०७८, १८ फाल्गुन बुधबारमा प्रकाशित

accident

अर्घाखाँची – अर्घाखाँचीको मालारानीमा आज बुधवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।मालारानी गाउँपालिका ४ नुगाली टोलामा लु ४ प २७९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी २७ वर्षीय कमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

ट्रयाक्टर दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।ट्र्याक्टरमा चालकसहित तीन जना रहेकामा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै सामान्य घाइते भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu