Connect with us
Kapilvast Forest

माछा मार्दा करेन्ट लागेर एक महिलाको मृत्यु

२०७८, १८ फाल्गुन बुधबारमा प्रकाशित

गुल्मी -गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीय सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक थापालाई सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले फेला पारेका थिए। उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। थापा माछा मार्न खोलामा एक्लै गएको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu