Connect with us
Kapilvast Forest

कपिलवस्तुको कजरहवा स्वास्थ्य चौकीमा प्रसुती सेवा संचालन

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

कपिलवस्तु-
महाराजगंज नगरपालिका वडा नं ८ मा रहेको कजरहवा स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा संचालनमा ल्याइएको छ । बिहिवार एक कार्यक्रमका विच नगर प्रमुख अब्दुल कलामले उद्घाटन गरी सेवा संचालनमा ल्याइएको हो । नगरका सबै वडामा जनताको स्वास्थ्य सेवालाई सहज तुल्याउनको लागी कजरहवामा पनि २४ घण्टे प्रसुती सेवा संचालनमा ल्याइएको प्रमुख कलामले बताए । प्रसुती सेवा संगै हप्ताको दुई दिन विशेषज्ञ डा. द्धारा ओपेडी सेवा पनि संचालनमा ल्याएको वडा अध्यक्ष योगेन्द्र के.सीले बताए । भवन निर्माण गरि स्थानीय महिलाहरुको समस्यालाई मध्य नजर गर्दे वडा तथा छिमेकी वडाका जनताको सेवाको लागि प्रसुती सेवा संचालनमा ल्याएको समेत अध्यक्ष केसीले बताए । कार्यक्रममा नगर उप प्रमुख सोभावती कुर्मी, जिल्ला समन्यव समितिका सदस्य तेज बहादुर रायमाझि अर्का वडा अध्यक्ष हुसेन खांन नगरपालिका स्वास्थ्य संयोजक राधेश्याम जैसवाल लगायतले गुणस्तरिय सेवा मार्फत जनतालाइ सेवा दिन स्वास्थ्य चौकीलाई आग्रह गरे । कजरहवा स्वास्थ्य चौकी प्रमुख प्रेम सागर चौधरीले नागरिकको स्वास्थ्य उपचार र सेवाको लागी २४ सै घण्टा स्वास्थ्यकर्मी खटेर सेवा दिन तत्पर रहेकोे बताँए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu