Connect with us
Kapilvast Forest

मतदाता नामावलीमा दाबी विरोध आजदेखि, दल दर्ताको निवेदनबारे जाँचरबुझ चल्दै

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

election

 

काठमाण्डौ -निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आज शुक्रवारदेखि मतदाता नामावलीमा दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गन दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । तोकिएको समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

त्यस्तै कसैको मृत्यु भएको खण्डमा मतदाता नामावलीबाट हटाउन सूचना दिन सकिन्छ । प्रवक्ता पौडेलले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको बताउनुभयो ।

यस्तै आयोगले स्थानीय तह चुनावका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनमाथि जाँचरबुझ गरिरहेको पनि जनाएको छ । आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । तोकिएको अवधिमा ८० दलले दर्ता गर्न निवेदन दिएका थिए ।

सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने गरी मिति तोकिसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu