Connect with us
Kapilvast Forest

कांग्रेसको चितवन सभापतिको लागि दोस्रो चरणको मतदान आज

२०७८, २१ फाल्गुन शनिबारमा प्रकाशित

चितवन-पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि नेपाली कांग्रेस चितवनको सभापति छान्न आज दोस्रो चरणको मतदान हुने भएको छ ।शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

 

दोस्रो चरणको मतदान आज शनिबार दिउँसो साढे १२ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै मिलनबाबु श्रेष्ठले दोस्रो धेरै ६६२ मत ल्याएका छन् ।

सभापतिका अन्य दाबेदार उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र डा.सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । १०१ मत बदर भएको छ ।मिलनबाबु देउवा पक्षका उम्मेदवार हुन भने खनाल कोइराला पक्षका उम्मेदवार हुन् । बाँकी तीन जना उम्मेदवार संस्थापन इतरकै उम्मेदवार हुन् । उनीहरूलाई एक ठाउँमा ल्याएर खनाललाई जिताउने प्रयास सुरू भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

सभापति प्रत्यासी बनेर पराजित भएकोकाहरूले गर्ने निर्णयले सभापति को बन्ने भन्ने तय हुनेछ । बाँकी पदाधिकारीको भने मतगणना सुरु भएको छैन।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu