कामको मुल्याकंन र लोकप्रीयताका आधारमा उम्मेद्वार छनौट हुन्छ:आचार्य
मणि प्रसाद गैेह्रे, कपिलवस्तु फागुन २१
नेपाली कागे्रंस लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चायले आगामी स्थानीय तहको निर्वाचनमा कामको मुल्याकन र लोकपिय्रताको आधारमा पार्टीले उमेद्धार छनौट गरिने बताए । उनले यस्तो भनाई नेपाली कागे्रंस बुद्धभूमी नगरपालिका वडा नं ८ ले खैरहनिया आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम बताएका हुुन् । यो पक्ष र त्यो पक्ष यसको मान्छे र त्यस्को मान्छे नभई पार्टीको नीति तथा पार्टीका विभिन्न तह र तप्काका समितिबाट सिफारिस भएर आएको व्याक्तिले टिकट पाउने बताए । साथै आर्चायले पार्टीलाई संगठीत भएर लैजनाको लागि संगठन विस्तारमा लागेको बाताए । साथै आर्चायले १४ औ महाधिवेशन पार्टीको एक लोकतान्त्रिक प्रकिृया भएको हुंदा आन्तरिक प्रतिशप्रर्थालाई विर्सेर सबै एक भएर जनतासामु जान पर्ने समय भएको समेत आर्चायले बताए । जिल्ला सभापति अब्दुल कलामले पार्टीले आधिकारीक रुपमा बनाएका उमेद्धारलाई निर्वाचित बनाउन सबै तह र तप्काकाका कार्यकर्ताहरु सहयोग गर्नु पर्ने बताए । सो अवसरमा लुम्विनी प्रदेश पर्यटन ग्रामिण तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल प्रदेश सदस्य माला गोतामे, जिल्ला समन्यव समितिका संयोजक नारायण खनाल , नेपाली काग्रेस प्रदेश सदस्य रोमलाल खनाल, कपिल तिवारी महिला संघ जिल्ला सभापति मिना केसी , प्रदेश २ क सभापति रावेन्द्र सिंह जिल्ला सह सचिव ओजी अरसद ,पदम खनाल ,विरेन्द्र मिश्रा, विन बहादुर बन्जाडे ,मुक्ति भट्राई लगायत बालेका थिए । वडा सभापति वुचन केवटको अध्यक्षता र प्रदेश २ का सचिव गगेश तिवारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम स्वागत तथा भेटघाट कार्यक्रमको बारेमा जिल्ला उप सभापति रजतराज आर्चायले प्रकाश पारेका थिए । प्रत्यक वडा तहमा कार्यकर्ता भेटघाट तथा संगठन विस्तारलाई मजबुद पार्ने समेत उप सभापति रजत राज आर्चायले बताए ।