Connect with us
Kapilvast Forest

प्रेस चौतारीको लुम्विनी प्रदेश अध्यक्षमा पन्थी चयन,अग्रज पत्रकारलाई सम्मान

२०७८, २१ फाल्गुन शनिबारमा प्रकाशित

दाङ –नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनताका बिचमा भएका भ्रमपूर्ण प्रचारबाजी चिर्नका लागि मिडियाको भुमिका महत्वपूर्ण हुने बताए।

नेता विश्वकर्माले अवको भुमिका अझ बढी जिम्मेबार र प्रभावकारी हुनुपर्ने बताए। मिडियाको शक्ति नै भ्रम चिर्ने र सत्य तथ्य र निस्पक्ष पत्रकारिता हो त्यसकालागि प्रेस चौतारी आवध्द पत्रकारहरुले महत्त्वपूर्ण भुमिका खेल्न सक्नुपर्छ बिश्वकर्माले भने।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनलाई सम्वोधन गर्दै सचिव बिश्वकर्माले स्थानीय तहको निर्वाचनसहित प्रदेश र संघको चुनावमा प्रेस चौतारीको भुमिका महत्त्वपूर्ण हुनुपर्ने बताए ।

उनले पार्टीले केन्द्र बनाएर अगाडि सारेको कामलाई सफलतापुर्वक सम्पन्न गर्नको लागि लाग्नुपर्ने बताउदै अहिलेको आवश्यकता संरचनालाई अध्यावधिक गर्नुपर्ने र एकीकृत हुनुपर्ने बेला आएको उल्लेख गरे। यतिबेला कामको समीक्षा निर्मम रुपमा गर्नुपर्ने अवस्था छ अब सकारात्मक काममा लाग्नुको विकल्प छैन उनले भने।

कार्यक्रममा बोल्दै केन्द्रीय पोलिटब्यरो सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज सुर्य थापाले अवको पत्रकारिता विकास केन्द्रीय हुनुपर्ने भन्दै पत्रकारले विकासका मुद्दामा जोड दिनुपर्ने बताए।

बोल्दै नेकपा एमाले केन्द्रीय पोलिटब्युरो अध्यक्ष दधिराम न्यौपानेले प्रेस स्वतन्त्रताका लागि पत्रकारले कलम चलाउनुपर्ने बताए।

नेकपा एमालेका सांसद गंगा चौधरी सरकारले गरेका विभिन्न विकास निर्माणका काममा विशेष योगदान दिनका लागि आग्रह गरिन्।

प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीले पत्रकार महासंघ आफैमा विकृत भएको भन्देै अब सुद्दिकरणमा लाग्नुपर्न बताए ।

पत्रकार कल्याणकारी कोषको रकम महासंघको नाममा आसेपासेहरुलाइ बढ्ने काम भएको भन्दै उनले यसको विरोध गर्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनीले संगठनका अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।अग्रज पत्रकार सम्मानको रुपमा पुर्व उपाध्यक्ष मोहन चापागाईं, शरद अधिकारी र पुर्व कोषाध्यक्ष अक्षरी पोखरेललाई सम्मान गरेको छ।

यस्तै चौतारी लुम्बिनीले उत्कृष्ट पत्रकार सम्मानको रुपमा रुपन्देही शाखाबाट बुटवल टुडे दैनिकका बरिस्ठ संवाददाता कृष्ण खनाल, बाँकेबाट विश्वराज पंछांग्या, दाङबाट रन्जिता अधिकारी, पाल्पाबाट कृष्णप्रसाद पोखरेल, कपिलवस्तुबाट गिता पौडेल, नवलपरासीबाट मोहन पौडेल, अर्घाखाँचीबाट नवीन केसि र रुकुमबाट महेश केसि नगद सहित पुरस्कृत भएका छन।

यस्तै उत्कृष्ट शाखाको रुपमा रुपन्देही शाखा र दाङ शाखा पुरस्कृत भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu