Connect with us
Kapilvast Forest

कृषि क्षेत्रमा उचित व्यवस्थापन गरे मात्र रोजगारी- अध्यक्ष मेहता

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

मणि प्रसाद गैेह्रे,- नेपाल पाराभेटरिनरी एण्ड लाइभस्टक एसोसियनका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहताले कृषि क्षेत्रको उचित व्यवस्थापन गर्ने गरि काम गरे मात्र स्वरोजगार हुने बताए । मायादवी गाउंपालिका पकडी कपिलवस्तुले आयोजना गरेको पशु स्वास्थ्य शिविरमा उनले यस्तो बताएका हुन । कृषकको घरखेतमा प्राविधिक सेवा, कृषि ऋण, कृषि विमा र बजारको व्यवस्थापन गरेर काम गरेमा कृषिको उत्पादन हुने र रोजगारी सिर्जना हुने बताए ।

 

साथै एसोसियसनले सरकारलाई दवाव दिई कृषि क्षेत्रमा विभिन्न तहमा दरवन्दी स्थानीय प्राविधिकहरुलाई रोजगारका साथै कृषि विमा लगायतका कामहरु गर्दै आएको बताए । कार्यक्रममा मायादेवी गाउंपालिकाका अध्यक्ष बजरगी प्रसाद कुर्मीले गाउंपालिकाका सबै वडाका कृषि तथा पशुका कर्मचारीहरुको व्यस्थापन गरि किसानहरुलाई प्राविधिक सेवा दिइरहेको बताए साथै स्थानीय स्रोत साधनको प्रयोग गरेर शिक्षा,कृषि तथा भौतिक पुर्वाधारमा काम गर्दै आएको समेत कुर्मीले बताए ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादव, नेम्ला पुर्व केन्द्रिय अध्यक्ष खित बहादुर श्रेष्ठ प्रदेश सयोजक हुमाकान्त पाण्डेय ,वाणगंगगा नगरपालिकाका पशु सोव शाखा प्रमुख राजकुमार तिवारी , मायादेवी गाउंपालिकाका पशु सेवा शाखा प्रमुख वडेलला कोहार लागयत बोलेका थिए । शिविरबाट गाउंपालिका क्षेत्रका १५० बढि किसानहरुले पशुको औषधी , घांसको विउ तथा प्राविधिक सेवा पाएको गाउंपालिकाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj