Connect with us
Kapilvast Forest

चन्द्रौटा खानेपानीमा नयाँ नेतृत्वको लागि चहलपहल,चार जना आंकाक्षी

२०७८, २५ फाल्गुन बुधबारमा प्रकाशित

 

कपिलवस्तु-चन्द्रौटा खानेपानी आयोजनाको उपभोक्ता समिति निर्माणको लागी हुने निर्वाचनमा चार राजनैतिक दलका उम्मेदावार चुनावी मैदानमा उत्रने देखिएको छ । चैत्र १२ गते हुन गईरहेको निर्वाचनको लागी चार जना चुनावी मैदानमा उत्रने तयारीमा रहेका छन । निर्वाचनमा नेकपा एमालेवाट दमन प्रसाद भाट क्षेत्री , नेपाली कांग्रेसवाट केशव पाण्डे , नेकपा एकिकृत समाजवादीवाट जिवलाल पौडेल , जनता समाजवादी पार्टिवाट तौफिक खांनको नाम चर्चामा रहेको छ । चर्चामा रहेका नामहरुवाट नै उम्मेदावार वनाउने अन्तीम कसरमा राजनैतिक दलहरु लागी रहेको उनीहरु निकट श्रोतले दावी गरेको छ ।

नेकपा एमालेवाट उम्मेदावार वन्ने तयारीमा रहेका दमनप्रसाद भाट क्षेत्रीले आफुले निर्वाचनमा जित निकाल्नेमा विश्वस्त रहेको वताएका छन । उधोग वाणिज्य संघका महासचिव समेत रहेका भाट खानेपानीको नेतृत्व सम्हाल्न आफु तयार रहेको वताएका छन । नेपाली कांग्रेसवाट उम्मेदावार वन्ने तयारीमा रहेका पाण्डेले खानेपानी आयोजनाको सुरुवात देखिनै संस्थाको लागी काम गरिरहेकोले आफनो उम्मेदावारी स्वभाविक हुने वताएका छन । आयोजनामा देखिएका विभिन्न समस्या समाधानको लागी क्रियाशिल रहेको दावी गर्ने पाण्डेले आफुले नेतृत्व पाउनेमा आसावादी रहेको मोफसल खवरलाई वताएका छन ।

यता नेकपा एकिकृत समाजवादीवाट उम्मेदावारी दिने योजनामा रहेका जिवलाल पौडेल पनि चुनावी मैदानमा प्रतिस्पर्दा गर्न ईच्छुक देखिएका छन । आफु सामाजिक कार्यमा क्रियाशिल रहेको वताउने पौडेल खानेपानीको नेतृत्व गर्न सक्षम रहेको वताएका छन । उनले उपभोक्ताको विश्वास आफु माथि रहेको वताउदै आएका छन ।

उता हाल अध्यक्ष रहेका तौफिक खाँन जनता समाजवादी पार्टिवाट पुन अर्को कार्यकालको लागी अध्यक्ष वन्ने दाउमा रहेका छन । पहिलो कार्यकालमा पुरा हुन नसकेका कामहरु सम्पन्न गर्न पुन उम्मेदावारी दिने तयारीमा रहेको वताएका छन । उपभोक्ताले दोस्रो कार्यकालको लागी पुन आफुलाई विश्वास गर्नेमा विश्वस्त रहेका छन ।

निर्वाचनमा प्रतिस्पर्दाको लागी आंकाक्षीहरु देखिएपनि राजनैतिक दलहरुले आधिकारीक उम्मेदावारहरु भने टुङगाई नसकेको वताएका छन । कुल १४ सय २५ जना उपभोक्ता रहेको खानेपानी आयोजनाको उपभोक्ता समिती छनोटको लागी चैत १२ गते निर्वाचनको मिति तोकिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj