आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त
काठमाडौं- सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानीलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिनु भयो । ‘क्याविनेटले सुर्खेतका थानीलाई नियुक्त गरेको हो,’ उहाँले भन्नु भयो ।
कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सिडेनका अध्यक्ष थानी निगमको निर्देशक बन्न खुला प्रतिस्पर्धामा हुनुन्थ्यो ।खुला प्रतिस्पर्धामा रहेका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक छनोट समितिले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
तीन जनामध्ये प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा थानीलाई नियुक्त गरिएको हो। थानी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य हुनुन्थ्यो ।