Connect with us
Kapilvast Forest

गृह मन्त्रालयद्वारा भिजिट भिसा नियमनका लागि १८ बुँदे निर्देशन

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौँ- गृहमन्त्रालयले भिजिट भिसा नियमनका लागि १८ बुँदे निर्देशन जारी गरेको छ । अध्यागमत विभाग र सरोकारवालाका लागि आकर्षित हुने १८ बुँदे निर्देशनमा सम्बन्धित देशमा कोही नभएकाको हकमा भने वार्षिक कम्तीमा पाँच लाख आम्दानी र त्यसको ५० प्रतिशत बैंकमा बचत अनिवार्य गरिएको छ ।

१८ बुँदे निर्देशन
१. खाडी मुलुक भन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू,

२. न्यूनतम २ वर्ष भन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरू,

३. न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिक/व्यावसायिक सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणिकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक, व्यक्तिहरू,

४. अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तराष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्तिहरू, ५. आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने ब्यक्ति (एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती)/ वैदेशिक रोजगारमा रहेकाहरूको नातेदार समेत

६. गन्तव्य मुलुकमा रहेको राजदूतावास/नियोगबाट प्रमाणित कागजात सहित शिफारिस भएका व्यक्तिहरू,

७ सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरू,

८. अन्तराष्ट्रिय कारोवार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरू ।

९. नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरू र व्यवसायिक कम्पनी/फर्मका सञ्चालक वा व्यवसायीहरू (एकाघरका आमा बाबु, सास ससरा, छोरा छोरी, श्रीमान श्रीमती),

१०. प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको नेतृत्व वा प्रायोजनमा आफ्ना सदस्यहरू/कर्मचारीहरू समूह बनाई खाडी राष्ट्र र मलेसिया भ्रमण कार्यक्रममा जान अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त गरेका ब्यक्तिहरू,

११. प्याकेजमा निर्धारित भ्रमण कार्यक्रम सम्पन्न भएपछि फर्काउने प्रतिवद्वता र जिम्मेवारी स्वघोषणा गरेका सूचीमा संलग्न व्यक्ति (तर खाडी मुलुक र मलेसियाको हकमा अध्यागमन विभागको पूर्व स्वीकृति आवश्यक पर्नेछ ।)

१२. वार्षिक न्यूनतम ५ लाख रूपैया कर योग्य आय भै कम्तिमा सो को आधा रकम बैंक खातामा वचत भएका र नेपालको कर प्रणालीमा आवद्वता भएका व्यक्तिहरू,

१३. औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्व संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरू (कर्मचारी/(एकाघरका आमा बाबु, सासु ससुरा. छोरा छोरी, श्रीमान श्रीमती)

१४. वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरू (संचालक वा आधिकारिक प्रतिनिधि, एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती मात्र)

१५. नेपाली दूतावासको शिफारिश बमोजिम बिरामी कुरुवा वा रेखदेखको कार्य गर्नजाने तीन पुस्ता भित्रका पारिवारिक सदस्यहरू ।

१६. खाडी मुलुक, मलेसिया, अफ्रिकन मुलुक र जोखिम भएका मुलुकहरूको भ्रमणमा जाने खेलाडी तथा कलाकारहरूको हकमा आयोजकबाट आधिकारिक निमन्त्रणा वा प्रायोजन पत्र प्राप्त गरेका सूचीमा संलग्न व्यक्ति

(आयोजकको आमन्त्रण र प्रायोजन सम्वन्धी कागजात वेवसाईट/अनलाईन रुजु हुनुपर्ने अथवा सम्वन्धित मुलुकमा रहेको नेपाली नियोगबाट प्रमाणित/सिफारिश भएको हुनुपर्ने सो नभएमा सम्बन्धित निकायको शिफारिशमा अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त हुनुपर्ने । यसरी समूह वा व्यक्तिगत रूपमा भ्रमणमा जाने विषयमा शिफारिश गर्दा शिफारिश गर्ने निकाय जिम्मेवार रहने ।)

१७. माथि बुंदा नं (१५) मा उल्लेख भएको मापदण्ड वा आधारमा नपर्ने व्यक्तिको हकमा अध्यागमन विभागबाट अनिवार्य रूपमा पूर्व स्वीकृति प्राप्त गरेपछि मात्र भीसा तथा हवाई टिकट सम्वन्धी प्रकृया अगाडी बढाउन सम्वन्धित सरोकार पक्षलाई सुसूचित गर्ने ।

१८. माथी उल्लिखित बुदाँहरूको कार्यान्वयन गर्दा दुविधा भएमा अध्यागमन कार्यालयका प्रमुखले विभागका महानिर्देशकको पूर्वस्वीकृति लिई आवश्यक निर्णय गर्न सक्ने ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj