Connect with us
Kapilvast Forest

ताप्लेजुङकाे फुङलिङ बजारमा आगलागी, एक महिलाको मृत्यु 

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं – ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागीमा परेर एक वृद्धाको जनाको मृत्यु भएको छ ।फुङलिङ नगरपालिका- ४ स्थित कोप्चेमा विहान ८ बजेदेखि लागेकाे आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको हो । ग्यास लिंक भएर दुई वटा घरमा आगलाी भएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले नेपालप्रेसलाई बताए ।

उनले भने,‘ एक जना वृद्ध आमा घरभित्रै हुनुहुदो रहेछ । घाइते अवस्था निकालेर अस्पताल पठाउने क्रममा मृत्यु भएको छ ।’ अहिले आगो नियन्त्रणमा आएको उनले बताए ।

 

उनकाअनुसार मृतकको पहिचान खुलिसकेको छैन । आगलागी नियन्त्रणका लागि शसस्त्र प्रहरीऽ प्रहरी, सेना, स्थानीय र दमकलसहितको अग्निनियन्त्रक खटिएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj