एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक
काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।प्रमुख प्रतिपक्षी दल एमालेले पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न चैत ९ र १० गतेका लागि बैठक बोलाइको हो ।
एमाले केन्द्रीय कार्यालयका अनुसार त्यसअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठक बस्नेछ ।