Connect with us
Kapilvast Forest

एमाले शिवराजद्वारा शोक सभा सम्पन्न

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५मा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा (एमाले) पूर्व जिल्ला कमिटी सचिवालय सदस्य, किसान महासंघका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज रामबेलास यादवकी ममतामयी माता तिर्था यादवको१३औं दिनको पूण्य स्मृतिमा शुक्रबारका दिन नेकपा एमाले शिवराज नगरपालिका वडा कमिटी वडा नं। ५ ले उहाँकै निवास शिवराज ५, सुन्दरपुरमा शोकसभा गरेको हो ।

शोक सभामा मन्तव्य राख्दै नेकपा एमाले पुर्व लुम्विनी प्रदेश सदस्य एवम् शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले यादवको मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेको बताउनुभयो ।

श्रद्वान्जली सभामा एमाले जिल्ला सहसचिव एवं लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, एमाले जिल्ला कमिटी सदस्यहरू बाबुराम सापकोटा, द्रोण प्रसाद अधिकारी, जिल्ला सदस्य एवं शिवराज नगर उपप्रमुख शिवकुमारी थारू, एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल , उपाध्यक्ष महादेव पोख्रेललगायत एमालेका जिल्ला, नगर, वडा तहका नेता कार्यकर्ताहरू समवेदना प्रकट गर्नुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj